बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक « Khabarhub

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स अफिसमा तहल्का पिटेको छ । सुरुवाती २४ दिनमै ‘गौँथली’ सर्वाधिक व्यापार गर्ने चौथो बनेको छ ।

चलचित्र विकास बोर्डका अनुसार साउन १ देखि २४ गतेसम्म यो फिल्मले १९ करोड ७१ लाख ग्रस कलेक्सन गरेको छ । उक्त ग्रस कलेक्सन लागि सात लाख १५ हजार वटा टिकट खरिद-बिक्री भएको छ ।

सामाजिक कथामा बनेको यो फिल्मले बक्स अफिसमा तहल्का पिटेर ब्ल्कबस्टरको बनेको छ ।

ग्रस कलेक्सनमा यो फिल्म ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारङ्गी’भन्दा पछि छ । ‘१२ गाउँ’लाई यसले केही दिनमै उछिन्ने देखिन्छ ।

अब २२ लाख ग्रस कलेक्सन थपेको अवस्थामा ‘गौँथली’ले ‘१२ गाउँ’लाई उछिन्छ ।

‘कबड्डी ४’को ग्रस कलेक्सन भने २१ करोड छ ।

‘गौँथली’को नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का हुन् । डा. भोला रिजालको कृतिमा आधारित रहेर यो फिल्म बनेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : ४३ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी