‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन « Khabarhub

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा भएको छ । भदौ अन्तिम साताबाट प्रसारण सुरु हुने गरी यो कार्यक्रमको निर्माण प्रक्रिया सुरु गरिएको छ ।

ललिपुरमा एक कार्यक्रमको आयोजान गरी आइतबार निर्माण पक्षले निर्णायक पक्ष र कार्यक्रमबारे जानकारी दिएको छ । यस कार्यक्रमको प्रेसिडेन्टको भूमिकामा महानायक राजेश हमाल छन् ।

कलाकारहरू विल्सनबिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन-मेन्टरका रूपमा रहेका छन् ।

साउन २९ बाट यसको अडिसन सुरु हुने निर्माण पक्षले बताएको छ । विभिन्नमा पाँच सहरमा अडिसन हुने बताइएको छ ।

साउन २९ मा दमक, साउन ३१ मा नारायगढ, भदौ २ मा नेपालगञ्ज, भदौ ४ मा पोखरा र भदौ ६ मा काठमाडौंमा अडिसन हुने बताइएको छ ।

अडिसनबाट ३२ प्रतिस्पर्धी छनोट हुनेछन् । छनोट भएका प्रतिस्पर्धीहरू चार समूहमा विभिजित हुनेछन् । आठ जनाको चार समूहको नेतृत्व क्याप्टेनहरूले गर्नेछन् ।

नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगी बुगी, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशनको अनभव रहेका एलिन श्रेष्ठ यसको निर्देशकको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : १८ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि