उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले « Khabarhub

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उहाँहरुको साथमा रहेको स्पष्ट पारे ।

“उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमानयोग्य छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ”, उनले भने, “त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन र उद्योग विस्तार हुँदैन । त्यो विश्वास निर्माण भयो भने मात्रै आर्थिक रूपान्तरण सम्भव हुन्छ ।” आजको बैठक औपचारिक भेटघाट मात्रै नभइ यो सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता भएको उनको भनाइ थियो ।

उद्यमीले उठाएका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले यसका लागि ‘रेस्पोन्स डेस्क’ स्थापना गरी निरन्तर अनुगमन गर्नेसमेत बताए । साथै यसप्रकारको संवाद समस्या समाधान नभएसम्म निरन्तर चल्नेसमेत उनको भनाइ थियो । “हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस् । यही विश्वासबाट हामी नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा अघि बढेका छौँ”, उनले भने ।

अर्थमन्त्री डा वाग्लेले सरकार र निजी क्षेत्रबीचको यो साझेदारीलाई अझ सुदृढ आवश्यक भएको उल्लेख गर्दै आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्नेमा विश्वास व्यक्त गरे ।

त्यस अवसरमा सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राईप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एअरलाइन्स् प्रालि, होङ्शी शिवम् सिमेन्ट प्रालि, डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा) लि, वोटलर्स नेपाल (तराई) लिमिटेड, यूनिलिभर नेपाल लिमिटेड, एशियन पेन्टस (नेपाल) प्रालि, पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि, गोर्खा लाहारी प्रालि, ह्वासिन सिमेन्ट नारायणी प्रालि, न्यू होप एग्रो बिजनेश नेपाल प्रालि, नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण विभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्रालि र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ३४ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको