गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू) « Khabarhub

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने परम्परागत गठेमंगल पर्व मंगलबार विभिन्न कार्यक्रमसहित मनाइँदैछ । 

गठेमंगललाई घण्टाकर्ण पर्वका रूपमा समेत चिनिन्छ । यो पर्वलाई भूतप्रेत तथा नकारात्मक शक्तिलाई भगाउने पर्वका रूपमा पनि लिइन्छ ।

पर्वका अवसरमा बिहानै स्नान गरी घरआँगन सफासुग्घर गर्ने र फलामको औँठी लगाउने चलन छ । फलामको औँठी लगाएमा भूतप्रेत तथा नकारात्मक शक्तिबाट जोगिने जनविश्वास नेवार समुदायमा रहेको छ । पर्वका कारण काठमाडौंका असन, इन्द्रचोकलगायत क्षेत्रमा बिहानैदेखि फलामको औँठी किन्नेको चहलपहल देखिएको छ ।

गठेमंगलको मुख्य विधि भने साँझ हुने गर्छ। हरियो नर्कट, निगालो र गहुँको छ्वालीलगायत सामग्री प्रयोग गरी तीनखुट्टे राक्षसको आकृति बनाएर दोबाटो तथा चौबाटोमा राख्ने गरिन्छ । साँझ परेपछि टोलका युवाहरू भेला भएर आगो बाल्दै राक्षसको आकृतिलाई जलाउने तथा भूतप्रेत भगाउने परम्परा छ ।

घण्टाकर्ण राक्षसको प्रतीकस्वरूप बनाइएको पुत्लाको मुखमा आगो लगाई घिसार्दै खोला वा नदी किनारसम्म पुर्‍याएर अन्त्येष्टि गर्ने चलनसमेत छ । यसरी राक्षसको अन्त्य गरेपछि टोल तथा समुदायमा रहेका नकारात्मक शक्ति र अशुभ प्रभाव हट्ने विश्वास गरिन्छ ।

तस्बिर : आभास रञ्जित/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : १३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको