लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी « Khabarhub

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको एकदिवसीय कप्तानमा लेगस्पिनर सन्दीप लामिछानेलाई चयन गरेको छ । अब उनको नेतृत्वमा नेपालले आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ ।

हालै नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीले खराब प्रदर्शन गरेपछि क्यानले रोहित पौडेलको ठाउँमा सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको छ ।

यस निर्णयसँगै रोहितले ओडिआई र टी–२० दुवैको नेतृत्व गुमाएका छन् । यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको थियो ।

सन् २०२२ मा कानुनी विवादका कारण नेतृत्व गुमाएका सन्दीप चार वर्षको अन्तरालपछि पुनः कप्तानका रूपमा फर्किएका हुन् ।

प्रिमियर कपका लागि घोषित टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : १४ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता