हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो « Khabarhub

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखेको भोलिपल्ट अभिनेता राजेश हमालले नेपालको सांस्कृतिक विरासतमा ‘सिंह’को महत्वबारे चर्चा गरेका छन्।

हमालले सोमबार सामाजिक सञ्जालमार्फत् नेपालको सांस्कृतिक र धार्मिक इतिहासमा सिंहको गहिरो महत्व रहेको बताएका हुन्।

उनले नेपालमा सिंह केवल एउटा कलात्मक आकृति नभई शताब्दीयौँदेखि धार्मिक र आध्यात्मिक महत्व बोकेको प्रतीक भएको बताएका छन्। नेवार कलाकार तथा शिल्पीहरूले आफ्नो विशिष्ट कला, शिल्पकौशल र सांकेतिक कल्पनाशक्तिमार्फत सिंहका विभिन्न पौराणिक स्वरूप सिर्जना र निर्माण गरेको उनले उल्लेख गरेका छन्।

मन्दिर, मूर्तिकला, वास्तुकला तथा धार्मिक कलामा देखिने सिंहका आकृतिहरू केवल सजावटका लागि नभई शक्ति, साहस, संरक्षकत्व, दैवी सामर्थ्य र सार्वभौमिकताको प्रतीकका रूपमा रहेको हमालको भनाइ छ।

उनले भगवान् विष्णुको नरसिंह अवतारलाई पनि दैवी न्याय, साहस र संरक्षणको प्रतीकका रूपमा व्याख्या गरेका छन्। हमालले इतिहासको महत्व मेटाउँदा भावी पुस्ताले आफ्नो पहिचान, उत्पत्ति र सभ्यतागत यात्राबारे बुझ्ने आधार गुमाउने बताएका छन्।

‘इतिहासको अर्थ र स्मृतिलाई मेटाएर हामी भावी पुस्तालाई दिशाहीन यात्रातर्फ धकेल्छौँ, जहाँ भविष्य त हुन्छ, तर त्यसलाई मार्गदर्शन गर्ने कम्पास हुँदैन,’ उनले भनेका छन्।

हमालले प्राकृतिक रूपमा सिंह नपाइने देश सिंगापुरको नामसमेत संस्कृत शब्द ‘सिंह’बाट आएको उल्लेख गरेका छन्।

रास्वपा सांसद ढकालले आइतबार सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसको भोलिपल्ट हमालले सिंहको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे धारणा सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : २२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्