आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह « Khabarhub

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको बजार अनुगमनका क्रममा ग्यास थोकविक्रेतामा नियमित आपूर्ति भइरहे पनि माग अत्यधिक बढिरहेको पाइएपछि अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले नेपाल आयल निगम, ग्यास डिलरलगायतले मागभन्दा बढी आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास अभावको हल्लाका कारण अतिरिक्त भण्डारण गर्दा केही समस्या देखिएको बताए।  

‘अनुगमनका क्रममा जिल्लाका केही डिलरमा ग्यासको माग अत्यधिक देखियो । केही डिलरमा भने पर्याप्त मौज्दात रहेको पाइयो । विगतको तुलनामा ग्यासको आपूर्ति बढेको भए पनि बजारमा अभाव देखिनुले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको हुनसक्ने हाम्रो बुझाई हो’, उनले भने ,’हल्लाको पछाडि लागेर अतिरिक्त सिलिन्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ ।’

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डिसीले  विगतको तुलनामा यस वर्ष मागभन्दा बढी नै ग्यास आपूर्ति भएको बताए। 

सुदूरपश्चिममा मासिक करिब एक लाख सिलिन्डर ग्यास बिक्री हुने गरेकामा यस वर्ष साउनको हालसम्म एक लाख २० हजार सिलिन्डर बिक्री भइसकेको र थप ५० हजार सिलिन्डर ग्यास आउने क्रममा रहेको उहाँले जानकारी दिए ।  

‘सुदूरपश्चिममा आपूर्तिको समस्या छैन । हामीले विगत वर्षभन्दा हाल बढी नै ग्यास आपूर्ति गरिरहेका छौँ । त्यसैले उपभोक्ताले हल्लाको पछि लागेर सिलिन्डर थुपार्दा समस्या भएको हो कि भन्ने छ । त्यसको पनि अध्ययन गर्दैछौँ’, कार्यालय प्रमुख डिसीले भने,’सुदूरपश्चिम क्षेत्रमा बिक्रीवितरण हुने सैपाल र रेडियन्ट ग्यासमा कुनै समस्या छैन । लुम्बिनी प्रदेशबाट आउने ग्यासमा हल्लाकै पछि लाग्दा दबाब बढेको छ । त्यो समस्या पनि अबको केही दिनमा समाधान हुन्छ ।’ 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कैलालीका सूचना अधिकारी तारामान रावलले कैलालीलगायत सुदूरपश्चिममा देखिएको ग्यास अभावको हल्ला आपूर्ति रोकिएर नभई मागमा अस्वाभाविक वृद्धिका कारणले उत्पन्न भएको बताए। 

उनले समस्या समाधानका लागि अनुगमनमा जोड दिइएको र उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिन्डर खरिद गर्न आग्रह गरिएको बताए। 
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : २७ बजे

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा