युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु « Khabarhub

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार भीषण आक्रमण गरेसँगैरूस र यूक्रेनबीचको युद्धमा फेरि एकपटक तीव्रता देखिएको छ । रूसको निजनेकामस्क सहरमा युक्रेनद्वारा सोमबार गरिएको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका तातारस्तान क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

तेल प्रशोधन केन्द्रलाई ड्रोनले निसाना बनाएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । अधिकारीहरूले युक्रेनी ड्रोनले केलाई निसाना बनाएको बताएनन्, तर यो सहर रूसको एक महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र हो, जहाँ दुई ठूला रिफाइनरी र एक पेट्रोकेमिकल प्लान्ट रहेका छन् ।

युक्रेनले पछिल्ला महिनाहरूमा लगभग दैनिक रूपमा लामो दूरीका ड्रोनमार्फत रूसका तेल प्रतिष्ठानहरूलाई निसाना बनाउँदै आएको छ। यी आक्रमणहरूले रूसमा इन्धनको अभावको स्थिति सिर्जना गरेका छन्, तेल प्रशोधन क्षमता प्रभावित भएको छ र आम जनतामा चिन्ता बढेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “युक्रेनले यो अभियान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताको टेबलमा आउन र चार वर्षभन्दा बढी समयदेखि जारी युद्धलाई अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले चलाइएको हो।”

तातारस्तान प्रमुख रुस्तम मिन्निखानोभको सञ्चार कार्यालयका अनुसार निजनेकामस्क सहरमा सोमबार बिहान औद्योगिक र नागरिकस्थलहरूलाई निसाना बनाएर ‘व्यापक’ ड्रोन आक्रमण गरिएको थियो । यूक्रेनी अधिकारीहरूले हालसम्म यस घटनाक्रमका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । निजनेकामस्क यूक्रेनको सीमाबाट करिब एक हजार २०० किलोमिटर पूर्वमा अवस्थित छ र यसको जनसङ्ख्या लगभग दुई लाख ४० हजार छ ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार राति एक सामाजिक सञ्जाल पोस्टमा भने, “हामी पूर्ण रूपमा उचित जवाफ दिइरहेका छौँ र रूसको हरेक आक्रमणको जवाफ दिइनेछ। रूसको युद्धको असर अब आफ्नै घर अर्थात् रूसमा बढीभन्दा बढी महसुस गरिनेछ।”

उनले भने, “यो युद्ध जारी रहनुको एकमात्र कारण रूसले युद्ध अन्त्य गर्न नचाहेका कारण हो ।”

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ९ : ३३ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी