राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र « Khabarhub

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म १५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

विसं २०७४ देखि निर्माण सुरु गरिएको भए पनि सुरुका वर्षमा बजेट अभावका कारण कामले गति लिन सकेको थिएन । दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले चक्रपथ निर्माणलाई प्राथमिकता दिएको र तीनै तहका सरकारले बजेट विनियोजन गरेपछि आयोजनाले गति लिएको हो ।

इन्जिनियर अशोक बेल्वासेका अनुसार हालसम्म गाउँपालिकाले रु २० करोड, सङ्घीय सरकारले रु आठ करोड र लुम्बिनी प्रदेश सरकारले रु एक करोड गरी कुल रु २९ करोड खर्च भइसकेको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि तीनै तहका सरकारले सो आयोजनाका लागि बजेट विनियोजन गरेका छन् । जसअनुसार गाउँपालिकाबाट रु एक करोड ६० लाख, सङ्घीय सरकारबाट रु तीन करोड र लुम्बिनी प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गरिएको चक्रपथको राप्ती गाउँपालिका–६ मजेरियादेखि वडा नं २ कोखुलियासम्मको सडक कालोपत्र सम्पन्न भएको छ । दक्षिणतर्फको सडक स्तरोन्नतिको काम पनि भइरहेको छ ।

चक्रपथको दक्षिणतर्फ लमही नगरपालिका–१ सुनपुर, पूर्वतर्फ पाखापानी र उत्तरतर्फ सिङ्गोनालाई आधार बनाएर सडक निर्माणको काम भइरहेको छ । यस वर्ष उत्तरतर्फबाट पनि काम अघि बढाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँले राप्ती चक्रपथ गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको बताउँदै निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात र आर्थिक गतिविधिमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १० : ५२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।