ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक « Khabarhub

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि बसिर अहमेदसँग रनको साझेदारी गर्दै दीपेन्द्र र बसिरले अर्धशतक बनाएका हुन् । दीपेन्द्रले नेटआउट ७२ बलमा ५० रन बनाएका हुन्। उनले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे । बसिर ८८ बल खेल्दा ४७ रन बनाएर आउट भएका हुन् ।

ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । नेपालका ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट हुँदा इशान पाण्डे एक र रोहित पौडेल तीन रनमा आउट भएपछि आएका दुई ब्याट्सम्यानले महत्तवपूण्र्ण साँझेदारी गर्दै खेल उकासेका हुन् ।

दीपेन्द्रले ७२ बलमा चार चौकाको मद्दतमा ५० रन पूरा गरे भने बसिरले ८८ बलमा ४७ रन बनाउँदा आउट भए । उनी अर्धशतक बनाउन तीन रनले चुके । अहिले क्रिजमा दिपेन्द्र र गुल्सन झा छ । ३७ ओभरको खेल सकिँदा दीपेन्द्रले ५१ रन बनाएका छन् भने पाँच बल खेल्दा गुल्सन रनबिहीन छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ९ : ४९ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता