ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक « Khabarhub

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि बसिर अहमेदसँग रनको साझेदारी गर्दै दीपेन्द्र र बसिरले अर्धशतक बनाएका हुन् । दीपेन्द्रले नेटआउट ७२ बलमा ५० रन बनाएका हुन्। उनले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे । बसिर ८८ बल खेल्दा ४७ रन बनाएर आउट भएका हुन् ।

ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । नेपालका ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट हुँदा इशान पाण्डे एक र रोहित पौडेल तीन रनमा आउट भएपछि आएका दुई ब्याट्सम्यानले महत्तवपूण्र्ण साँझेदारी गर्दै खेल उकासेका हुन् ।

दीपेन्द्रले ७२ बलमा चार चौकाको मद्दतमा ५० रन पूरा गरे भने बसिरले ८८ बलमा ४७ रन बनाउँदा आउट भए । उनी अर्धशतक बनाउन तीन रनले चुके । अहिले क्रिजमा दिपेन्द्र र गुल्सन झा छ । ३७ ओभरको खेल सकिँदा दीपेन्द्रले ५१ रन बनाएका छन् भने पाँच बल खेल्दा गुल्सन रनबिहीन छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ९ : ४९ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण