कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू) « Khabarhub

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ।

मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा  काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौंडा– काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ । 

सवारीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना–ठूला सवारीलाई काठमाडौँ–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रूट तोकेको छ ।

१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ । हेटौँडाबाट काठमाडौँतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउजाउ गर्न रूट तोकिएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गमा चलेका छन् ।

साँघुरो पहाडी सडकमा एकैपटक बढेको ट्रक, बस तथा अन्य सवारीसाधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ । यसले नियमित आवागमन मात्र होइन, काठमाडौंका लागि अत्यावश्यक वस्तु तथा ग्यासलगायतका सामग्रीको ढुवानीसमेत प्रभावित बनाएको छ । 

कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात, ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन् । 

करिब ३ घण्टाको हेटौँडा–काठमाडौँ सडक यात्रा सवारी चापका कारण अहिले पाँच घण्टासम्म लम्बिएको छ । 

तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ११ : ३१ बजे

धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज