जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ? « Khabarhub

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको शीघ्र तथा प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु सरह हो’ भन्ने मान्यतालाई ध्यानमा राखी फैसलाको शीघ्र तथा प्रभावकारी कार्यान्वयन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकले सर्वोच्च अदालत मातहत रहेको फैसला कार्यान्वयन निर्देशनालयलाई अदालतकै मातहत राखी थप सुदृढ बनाउने वा कार्यपालिका मातहत लगेर स्रोत, साधन र अधिकारसम्पन्न बनाउने भन्ने विषयमा वस्तुनिष्ठ तथा वैज्ञानिक अध्ययन गर्न समेत निर्देशन दिइएको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिइन् । 

समितिले जबरजस्ती करणी सम्बन्धी दण्ड सजायको प्रभावकारिता, न्यायिक अभ्यास र कानुनी सुधारबारे समीक्षा गर्न १ दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको सभापति बास्कोटाले बताइन् । 

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले फैसला कार्यान्वयन सम्बन्धी हाल छरिएर रहेका कानुनी व्यवस्थाका कारण समस्या देखिएकाले छुट्टै एकीकृत ऐन तर्जुमा गर्न सरकार सकारात्मक र गम्भीर रहेको उल्लेख गरिन् । 

संघीयतापछिको परिवेशमा स्थानीय तहका न्यायिक समिति तथा वैकल्पिक विवाद समाधानका उपायहरूबाट भएका निर्णय तल्लो तहसम्म कार्यान्वयन हुन नसक्दा न्याय निरुपणप्रति जनताको विश्वास घट्ने देखिएको उनले बताइन् । 

उनले वर्षौंसम्म चलेर फैसला हुने तर कार्यान्वयनका लागि फेरि २०औं वर्ष कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न समयसीमासहितको संयन्त्र र न्यायिक प्रहरीजस्ता व्यवस्था आवश्यक रहेको धारणा राखिन् । 

त्यस्तै फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्चले फैसला गरिसकेपछि महान्यायाधिवक्ताको कार्यालय वा कानुन मन्त्रालय लगाएत विभिन्न निकायहरूसँग राय माग्ने प्रवृत्तिले फैसला कार्यान्वयनमा ढिलाइ हुने देखिएको बताए । 

फैसलालाई किस्ताबन्दी रूपमा कार्यान्वयन गर्ने गलत प्रवृत्ति रहेको उनले बताए । उनले सरकारी पक्षले आफ्ना भनाइ वा विमतिहरू फैसला हुनुअघि नै अदालतमा बहस वा लिखित जवाफमार्फत राख्नुपर्नेमा फैसला आइसकेपछि कार्यान्वयनमा आलटाल गर्नु कानुनी शासन विपरीत हुने उल्लेख गरे । 

बैठकमा समिति सदस्यहरूले फैसला कार्यान्वयन कमजोर बन्दा दण्डहीनता बढ्ने जोखिम देखिएकाले गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । 
 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १ : १८ बजे

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी