नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो « Khabarhub

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने क्रममा ड्रोन हमलामा पर्नबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले खुलासा गरेका छन्।

स्टोरेले बुधबार सरकारी टेलिभिजनसँग कुरा गर्दै जेलेन्स्कीको विमान मोल्दोभाबाट उडान भर्नै लाग्दा एउटा ड्रोन विमाननजिक आएको दाबी गरेका हुन्। यद्यपि, उनले ड्रोन विमानबाट कति दूरीमा थियो र आफूले यो जानकारी कहाँबाट प्राप्त गरेको भन्ने खुलाएनन्।

जेलेन्स्की नर्वेका राजा हेराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन ओस्लो जाँदै थिए। ड्रोनको चेतावनीपछि उनको उडानमा ढिलाइ भएको थियो।

पछि मोल्दोभाका अधिकारीहरूले देशमा रुसी ड्रोन खसेको पुष्टि गर्दै जेलेन्स्कीको विमानलाई उडान भर्ने अनुमति दिएका थिए।

१६० किलोमिटर टाढा खस्यो ड्रोन

जेलेन्स्कीको विमान मोल्दोभाको चिसिनाउ अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको थियो। ड्रोनको चेतावनी पाएपछि हवाई क्षेत्र बन्द गरिएको थियो। एपीका अनुसार पछि उक्त ड्रोन विमानस्थलबाट करिब १६० किलोमिटर टाढा खसेर नष्ट भएको थियो।

मोल्दोभाले उक्त ड्रोनलाई रुसी भएको जनाएको छ। तर, ड्रोनलाई जानाजानी जेलेन्स्कीको विमानलाई निशाना बनाउन पठाइएको थियो वा अन्य कुनै लक्ष्यतर्फ जाँदै गर्दा मोल्दोभाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो भन्ने स्पष्ट भएको छैन।

ड्रोन प्रवेश केबल संयोग होइन

अमेरिकाका लागि मोल्दोभाका राजदूत भ्लादिस्लाभ कुलमिन्स्कीले सीएनएनसँग कुरा गर्दै ड्रोन गल्तीवश मोल्दोभा प्रवेश गरेको सम्भावना कम रहेको बताएका छन्।

जेलेन्स्कीको विमान विमानस्थलमा पार्क भएको समयमा त्यही क्षेत्रमा जेट इन्जिनयुक्त ड्रोन प्रवेश गर्नु संयोग मात्र मान्न कठिन रहेको उनको भनाइ छ।

ड्रोन जेलेन्स्कीको विमानलाई निशाना बनाउन पठाइएको थियो कि भनेर सोध्दा कुलमिन्स्कीले घटनाको अनुसन्धान भइरहेको भन्दै अहिले नै निष्कर्षमा पुग्नु हतार हुने बताए।

ड्रोन प्रवेशले जोखिम बढायो

मोल्दोभाकी राष्ट्रपति माइया सान्दुले ड्रोन देशको हवाई क्षेत्रमा प्रवेश गरेको घटनालाई मानिसहरूको ज्यानका लागि गम्भीर खतरा भएको बताएकी छन्।

उनले युक्रेनसँग सीमा जोडिएको एक सीमा नाकामा भएको रुसी ड्रोन हमलाको समेत निन्दा गरेकी छन्। मंगलबार भएको उक्त हमलामा दुई जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १ : २५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,