किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा « Khabarhub

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ।

‘विदेशी सैन्य कारबाहीमा भाग लिने हाम्रा सेनाका कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान प्रकट गर्दछु,’ किमले भने केसीएनएले जनाएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि उत्तर कोरिया मस्कोको प्रमुख सहयोगीका रूपमा अघि आएको विश्लेषकहरूले बताएका छन्। आर्थिक लाभ र सैन्य प्रविधिको आदानप्रदानका लागि प्योङयाङले रुसको युद्ध प्रयासमा सहयोग पुर्‍याउँदै आफ्ना सैनिकसमेत रुसतर्फ पठाएको आरोप लाग्दै आएको छ।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार रुस–युक्रेन युद्धमा सहभागी उत्तर कोरियाली सैनिकमध्ये करिब दुई हजार मारिएका छन्। यद्यपि उत्तर कोरिया र रुसले आफ्ना सैनिकको हताहतीसम्बन्धी विवरण सार्वजनिक गरेका छैनन्।

युक्रेनले गत अगस्टमा रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको थियो। उक्त क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी पक्षको भनाइ छ।

युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिने दाबीसमेत गरेको छ। तर उक्त दाबी पुष्टि हुने ठोस प्रमाण वा सैनिक तैनाथीको निश्चित समयसीमा सार्वजनिक गरिएको छैन।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी क्षेप्यास्त्र आक्रमणबाट सुरक्षा गर्न दक्षिण कोरियासँग हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन् । दक्षिण कोरियाले भने उक्त अनुरोधबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

रुस र उत्तर कोरियाबीच पछिल्लो समय बढ्दो सैन्य सहकार्यले कोरियाली प्रायद्वीपसँगै युरोपको सुरक्षा अवस्थामासमेत चिन्ता बढाएको पश्चिमी मुलुक तथा दक्षिण कोरियाली अधिकारीहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  २ : ०७ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका