सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ « Khabarhub

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् ।
 
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ ।
 
‘काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे, सुरुवाती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो,’ बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले सञ्चारकर्मीसँग भने।
 
बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरवारविहीनलाई तत्काल अस्थायी पुनःस्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ । सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकको निर्णय छ।
 
‘ठूलो विपत्तिको सामना गरिरहेका बेला राजनीतिक विषयलाई एकातिर पन्छाएर हामी एकाकार हुँदै विपत्तिको सामना गर्ने, विपद्मा परेका नागरिकको  खोजउद्धार तथा प्रभावितलाई राहत, सहुलियत, साहनुभूति प्रकट गर्ने र सुविधा दिने काममा लाग्नुपर्छ,’ उनले भने।
 
विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने उनले स्पष्ट पारे। बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारीहरू सहभागी थिए ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  २ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली