सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ « Khabarhub

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् ।
 
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ ।
 
‘काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे, सुरुवाती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो,’ बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले सञ्चारकर्मीसँग भने।
 
बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरवारविहीनलाई तत्काल अस्थायी पुनःस्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ । सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकको निर्णय छ।
 
‘ठूलो विपत्तिको सामना गरिरहेका बेला राजनीतिक विषयलाई एकातिर पन्छाएर हामी एकाकार हुँदै विपत्तिको सामना गर्ने, विपद्मा परेका नागरिकको  खोजउद्धार तथा प्रभावितलाई राहत, सहुलियत, साहनुभूति प्रकट गर्ने र सुविधा दिने काममा लाग्नुपर्छ,’ उनले भने।
 
विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने उनले स्पष्ट पारे। बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारीहरू सहभागी थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  २ : ५२ बजे

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा