जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग « Khabarhub

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै नेपालले जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा तथ्यपरक र प्रभावकारी रूपमा उठाउनुपर्ने माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सदस्य सुनिलबहादुर थापाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जलवायु कोषबाट सहयोग माग्नु भीख माग्नु नभएको स्पष्ट पार्नुपर्ने बताए। भावनात्मक पत्र पठाएर मात्र सहयोग प्राप्त नहुने भन्दै उनले प्रमाण, तथ्याङ्क र विश्वसनीय आधारसहित सहयोगको दाबी प्रस्तुत गर्न सरकारलाई आग्रह गरे।

‘जलवायु कोषबाट रकम माग्नु भीख माग्नु होइन। त्यसका लागि प्रमाण, तथ्याङ्क र विश्वसनीय आधार आवश्यक हुन्छ,’थापाले भने। 

जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र जोखिमको यथार्थ विवरण तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराए

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु