रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ « Khabarhub

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन्

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।  

प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उनले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताए । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उनको भनाइ छ ।

उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरे । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार तासको घर जस्तै ढल्ने चेतावनी दिए । 

सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अङ्गका रूपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएको प्रति कडा विरोध गर्दै गल्ती भए कारबाही गर्न तर धम्कीको शासन नचलाउन सुझाव दिए । 

सरकार संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्ने र सांसदहरूले जनताको तर्फबाट ’वाच डग’ को रूपमा खबरदारी जारी राख्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : ४२ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका