फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था « Khabarhub

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका आधारमा फाइनान्स कम्पनीहरूको प्रमुख वित्तीय सूचकहरू सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरूको समग्र औसत पुँजी पर्याप्तता अनुपात १४.३६ प्रतिशत-प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.६० प्रतिशत), कर्जा (निक्षेप अनुपात ७५.२१ प्रतिशत र खराब कर्जा ७.६६ प्रतिशत कायम भएको छ ।

वित्तीय विवरण अनुसार नेपाल फाइनान्स लिमिटेडको पुँजी पर्याप्तता अनुपात २६.७४ प्रतिशत, सिडि रेसियो ५९.२४ प्रतिशत र खराब कर्जा १३.८३ प्रतिशत रहेको छ । त्यसैगरी, गोर्खाज फाइनान्सको पुँजी पर्याप्तता अनुपात १६.४२ प्रतिशत, सिडि रेसियो ७२.७२ प्रतिशत र खराब कर्जा १३.३२ प्रतिशत पुगेको छ ।

गुडविल फाइनान्सको पुँजी पर्याप्तता अनुपात १५.३५ प्रतिशत र सिडि रेसियो ६९.०१ प्रतिशत रहँदा खराब कर्जा ६.२७ प्रतिशत कायम भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात १९.१२ प्रतिशत, सिडि रेसियो ७१.४२ प्रतिशत र खराब कर्जा ३.७४ प्रतिशत मापन गरिएको छ । यस्तै, वेष्ट फाइनान्स कम्पनी लिमिटेडको पुँजी पर्याप्तता अनुपात १५.५६ प्रतिशत, सिडि रेसियो ७१.४२ प्रतिशत र खराब कर्जा १३.६९ प्रतिशत रहेको छ ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको पुँजी पर्याप्तता अनुपात १२.२५ प्रतिशत, सिडि रेसियो ६८.६१ प्रतिशत र खराब कर्जा ३.०१ प्रतिशत रहेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेडको पुँजी पर्याप्तता अनुपात ऋणात्मक ६.१४ प्रतिशत, सिडि रेसियो ९८.५७ प्रतिशत र खराब कर्जा ६१.५५ प्रतिशत पुगेको छ । 

त्यसैगरी, पोखरा फाइनान्सको पुँजी पर्याप्तता अनुपात १२.७७ प्रतिशत, सिडि रेसियो ६४.५१ प्रतिशत र खराब कर्जा २०.८४ प्रतिशत कायम भएको छ ।

सेन्ट्रल फाइनान्सको पुँजी पर्याप्तता अनुपात १५.०३ प्रतिशत, सिडि रेसियो ५८.५७ प्रतिशत र खराब कर्जा १०.४० प्रतिशत रहेको छ । मल्टिपर्पस फाइनान्सको पुँजी पर्याप्तता अनुपात २२.६७ प्रतिशत, सिडि रेसियो ६२.०५ प्रतिशत र खराब कर्जा ३.३० प्रतिशत पुगेको छ । यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात १९.३५ प्रतिशत, सिडि रेसियो ६४.३२ प्रतिशत र खराब कर्जा ५.२० प्रतिशत मापन गरिएको छ।

आईसीएफसी फाइनान्सको पुँजी पर्याप्तता अनुपात १४.३८ प्रतिशत, सिडि रेसियो ८४.२९ प्रतिशत र खराब कर्जा १.५५ प्रतिशत रहेको छ । मञ्जुश्री फाइनान्सको पुँजी पर्याप्तता अनुपात १२.७९ प्रतिशत र सिडि रेसियो ८५.२२ प्रतिशत रहँदा खराब कर्जा ३.४२ प्रतिशत छ । त्यस्तै, रिलायन्स फाइनान्सको पुँजी पर्याप्तता अनुपात १२.४९ प्रतिशत, सिडि रेसियो ८६.२८ प्रतिशत र खराब कर्जा ६.५५ प्रतिशत कायम भएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित गरेका कम्पनीहरू मध्ये नेपाल शेयर मार्केट एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात ४५.६० प्रतिशत र खराब कर्जा १ सय प्रतिशत रहेको छ । अर्को समस्याग्रस्त कम्पनी क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पुँजी पर्याप्तता अनुपात ३८.७४ प्रतिशत र खराब कर्जा १ सय प्रतिशत नै कायम रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु