जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर « Khabarhub

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने जोखिम बढी रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ।

युनिसेफका अनुसार गर्मीको लहर, आँधीबेहरी, बाढी र डढेलोजस्ता चरम मौसमी घटनाले विद्यालयको पठनपाठन प्रभावित पार्नुका साथै विशेषगरी बालिकाको शिक्षामा गम्भीर असर पार्ने गरेको छ।

युनिसेफको विश्लेषणअनुसार सन् २०२५ मा १०६ देश तथा क्षेत्रमा १७ करोडभन्दा बढी विद्यार्थीको पढाइ चरम मौसमका घटनाबाट प्रभावित भएको थियो। विद्यालयमा क्षति पुग्नु, कक्षा स्थगित हुनु, परिवार विस्थापित हुनु तथा आम्दानी गुम्नुलगायतका कारण बालिकामाथि घरायसी हेरचाह र पानी सङ्कलनको अतिरिक्त जिम्मेवारी थपिने गरेको युनिसेफले जनाएको छ।

यस्ता जिम्मेवारीका कारण विपत्तिपछि बालिकाहरूलाई विद्यालय फर्किनसमेत कठिन हुने गरेको छ। विद्यालय शिक्षाबाट लामो समय टाढा रहँदा उनीहरूमा बालविवाहको जोखिमसमेत बढ्न सक्ने युनिसेफले चेतावनी दिएको छ।

युनिसेफका अनुसार सन् २०२५ मा आँधीबेहरीबाट करिब १० करोड १० लाख, बाढीबाट कम्तीमा सात करोड र गर्मीको लहरबाट करिब पाँच करोड विद्यार्थी प्रभावित भएका थिए। विश्वभर करिब एक अर्ब बालबालिका जलवायु तथा वातावरणीय विपत्तिको उच्च जोखिममा रहेका देशमा बसोबास गर्छन्।

विपत्तिका कारण विद्यालय शिक्षा प्रभावित हुँदा बालबालिकाको सिकाइ, साक्षरता तथा गणितीय सीपमा दीर्घकालीन असर पर्न सक्ने युनिसेफले जनाएको छ। यसबाट उनीहरूको भविष्यको आम्दानीमा समेत ठूलो क्षति पुग्ने र विश्वभर कम्तीमा दुई खर्ब अमेरिकी डलर बराबरको जीवनभरको आम्दानी गुम्न सक्ने अनुमान गरिएको छ।

विशेषगरी न्यून तथा निम्न–मध्यम आय भएका देशका शिक्षा प्रणालीसँग जलवायुजन्य विपत्तिका समयमा पठनपाठन निरन्तर राख्न पर्याप्त स्रोतसाधन नहुने युनिसेफले जनाएको छ।

युनिसेफले जलवायु परिवर्तनका बढ्दो प्रभावबीच बालबालिकाको शिक्षालाई सुरक्षित राख्न सरकारले जलवायु–सहनशील विद्यालय तथा शैक्षिक पूर्वाधारमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ। साथै, विपत्तिको समयमा बालिकामाथि थपिने घरायसी जिम्मेवारी न्यूनीकरण गर्दै उनीहरूको विद्यालय शिक्षामा निरन्तर पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ५ : २८ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने