साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा « Khabarhub

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि म्यानेज्ड वाइफाई सेवा बिज २४ उपलब्ध गराएको छ । 

कम्पनीका अनुसार  साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट बिज २४ तयार पारिएको हो । यो व्यावसायिक परिसरमा भरपर्दो वाईफाइ कभरेज सुनिश्चित गर्न तथा आफ्नो नेटवर्कलाई क्लाउड मार्फत व्यवस्थापन गर्न सकिने नेटवर्क सोलुसन हो । यसमा ग्राहकका समस्या छिटो समाधान गर्न  प्राथमिकता सहयोग सेवा समेत उपलब्ध गराइनेछ । 

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसायहरू अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर रहँदै आएका छन् । यसका कारण कार्यालय वा व्यावसायिक परिसरका केही स्थानमा वाइफाइ सिग्नल नपुग्ने, व्यवसाय सञ्चालनका महत्त्वपूर्ण समयमा इन्टरनेट कनेक्सनमा समस्या आउने तथा नेटवर्कमा के भइरहेको छ भन्नेबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन् । 

‘यिनै चुनौतीहरूको सोलुसनको रूपमा बिज २४ ल्याइएको हो। यसले व्यवसायहरूलाई थप भरपर्दो, व्यवस्थित र व्यावसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ,’ राजभण्डारीले भने। ‘क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो वा कोवर्किङ अफिसजस्ता विभिन्न व्यवसायका आवश्यकतालाई ध्यानमा राखी बिज २४ डिजाइन गरिएको छ।’

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ६ : १४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह