भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग « Khabarhub

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन् ।

 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।

प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम सङ्कलन गरिएको हो । विद्यालय सञ्चालकसँगै शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा सङ्कलित रकम बिहीबार प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो ।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय सदस्य श्रवण पोखरेल र कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेलाई रकम हस्तान्तरण गरे ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ६ : ४९ बजे

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने