हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ « Khabarhub

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफ दिएको छ ।

विनाशकारी भोटेकोसी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गरी पठाएको हो ।

हानि र नोक्सानी सम्बोधन कोषको सञ्चालक समितिको सह-अध्यक्षको हैसियतमा, आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोसी बाढीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गरिएको छ । पत्रमार्फत नेपाली जनताप्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ ।

नेपालको जरुरी अनुरोधलाई यथाशक्य छिटो सम्बोधन गर्न कोषका सञ्चालक समितिसँग संलग्न भइरहेको भनी पत्रमार्फत आश्वस्त पारिएको छ । प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि सञ्चालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरू भित्रका विकल्पहरूमा विचार गर्न सिफारिस गरेको जनाएको छ ।

कोषको सञ्चालक समितिका सह-अध्यक्षहरू क्यामिला मिनर्भा रोड्रिगेज तावरेज र जोर्ज बोर्साटिङद्वारा प्रेषित पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्यांकन, आधिकारिक तथ्यांक, उपग्रह (स्याटेलाइट) जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ । 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : ५३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्