हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ « Khabarhub

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफ दिएको छ ।

विनाशकारी भोटेकोसी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गरी पठाएको हो ।

हानि र नोक्सानी सम्बोधन कोषको सञ्चालक समितिको सह-अध्यक्षको हैसियतमा, आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोसी बाढीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गरिएको छ । पत्रमार्फत नेपाली जनताप्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ ।

नेपालको जरुरी अनुरोधलाई यथाशक्य छिटो सम्बोधन गर्न कोषका सञ्चालक समितिसँग संलग्न भइरहेको भनी पत्रमार्फत आश्वस्त पारिएको छ । प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि सञ्चालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरू भित्रका विकल्पहरूमा विचार गर्न सिफारिस गरेको जनाएको छ ।

कोषको सञ्चालक समितिका सह-अध्यक्षहरू क्यामिला मिनर्भा रोड्रिगेज तावरेज र जोर्ज बोर्साटिङद्वारा प्रेषित पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्यांकन, आधिकारिक तथ्यांक, उपग्रह (स्याटेलाइट) जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १० : ५३ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण