ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त « Khabarhub

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन संकटको समाधान, विश्वव्यापी ऊर्जा आपूर्ति र इरानको अवस्थालगायत विषयमा शुक्रबार टेलिफोन वार्ता भएको छ।

क्रेमलिनका अनुसार करिब डेढ घण्टा चलेको वार्तामा दुई देशबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय ऊर्जा बजार र युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका सम्भावनाबारे छलफल भएको थियो।

वार्ताका क्रममा पुटिनले अमेरिका र अन्य अन्तर्राष्ट्रिय बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न रुस तयार रहेको बताएका थिए। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसबाट ठूलो परिमाणमा डिजेल इन्धन आपूर्ति गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्ने योजना बनाएको छ। त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन र त्यसलगत्तै थप १० लाख टन डिजेल उपलब्ध गराउने प्रस्ताव रहेको उनले उल्लेख गरेका छन्। छोटो अवधिमा थप ३० लाख टन डिजेल आपूर्ति गर्ने सम्भावनाबारे पनि उहाँले बताएका छन्।

प्रस्तावित आपूर्तिले अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटाउन र ऊर्जा उपलब्धता सहज बनाउन सहयोग पुग्ने ट्रम्पको विश्वास छ।

यसैबीच, रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले डिजेल निर्यातसम्बन्धी प्रतिबन्ध निर्धारित समयभन्दा अगाडि नै हटाउने प्रक्रिया अघि बढाइने बताउनुभएको छ। अमेरिकी अर्थ मन्त्रालयले पनि रुसी मूलको डिजेल इन्धनको बिक्री, ढुवानी, जहाजबाट अनलोड तथा आयात गर्न अनुमति दिने अस्थायी सामान्य इजाजतपत्र जारी गरेको समाचारमा उल्लेख छ।

क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार वार्तामा युक्रेन संकटको समाधानका सम्भावनाले विशेष प्राथमिकता पाएको थियो। पुटिनले युद्धको वर्तमान अवस्था र पछिल्ला घटनाक्रमबारे रुसी पक्षको धारणा प्रस्तुत गरेका िथए ।

उशाकोभले रुसी पक्षले युक्रेनसँग सम्बन्धित सुरक्षा चासो व्यक्त गरेको र रुसी सेना युद्धमोर्चामा अग्रसर रहेको दाबी गरेका छन्। उनले रुसका विभिन्न सहर तथा निर्वाचन प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि भएका भनिएका ड्रोन आक्रमणले वार्ताका लागि अनुकूल वातावरण निर्माण गर्न चुनौती थपेको पनि बताए।

यसअघि रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको थियो। रुसी राज्य डुमाको निर्वाचनपछि यस्तो संवाद अघि बढाउन सकिने विषयमा विचार गरिएको उशाकोभले जानकारी दिए । यद्यपि, वार्ता पुनः सुरु हुने समय र प्रक्रियाबारे स्पष्ट निर्णय सार्वजनिक भएको छैन।

पछिल्लो टेलिफोन वार्ताबाट तत्काल युद्धविराम वा शान्ति सम्झौता भएको पुष्टि भने गरिएको छैन। पुटिन र ट्रम्पबीच इरानसँग सम्बन्धित घटनाक्रम तथा रुस–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा पनि विचार आदानप्रदान भएको क्रेमलिनले जनाएको छ।

दुवै राष्ट्रपतिले आपसी सम्पर्क कायम राख्ने तथा आफ्ना प्रशासन, गुप्तचर निकाय र सम्बन्धित संस्थाबीच संवादलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याए।

ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीका बीच भएको यो वार्तालाई दुई देशबीच कूटनीतिक सम्पर्क कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। प्रस्तावित डिजेल आपूर्तिको कार्यान्वयन र युक्रेन संकट समाधानका लागि अघि बढ्ने कूटनीतिक पहलले वार्ताको प्रभाव स्पष्ट पार्नेछ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १२ : ३२ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड