जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु « Khabarhub

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए। 

उनका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । 

सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १ : १४ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा