सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ « Khabarhub

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । 

सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको उनले बताए। 

अध्यक्ष घिसिङले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा गरेका प्रयास सकारात्मक भए पनि सबै काम कानुनबमोजिम हुनुपर्नेमा जोड दिए । 

सरकारले जनताको दैनिक जीवनसँग जोडिएका समस्या पनि प्रभावकारी रूपमा समाधान गर्नुपर्ने उनको भनाइ छ । महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल तथा बीउको सहज उपलब्धता र करसम्बन्धी निर्णयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

विद्युत्, शिक्षा, स्वास्थ्य तथा राइड सेयरिङलगायत क्षेत्रमा थप कर लगाउन नहुने भन्दै अध्यक्ष घिसिङले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। कानुन निर्माण गर्दा जनताको हित र देशका विभिन्न क्षेत्रमा सुधार गर्ने उद्देश्य राख्नुपर्ने उनको भनाइ छ । 

कानुन बनाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसको कार्यान्वयन पनि उचित ढङ्गले हुनुपर्ने बताए । विगतमा देखिएको निराशा अन्त्य भएर आशा जाग्ने जनअपेक्षा हालसम्म पूरा हुन नसकेको उनको भनाइ छ । 

यसैबीच, अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको सङ्गठन तथा सदस्यता विस्तारको काम देशभर व्यापक रूपमा अघि बढिरहेको जानकारी दिए । पार्टीको संरचनागत सुधार गर्दै सङ्गठन विस्तारलाई तीव्रता दिइएको उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ३ : ४१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको