हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी « Khabarhub

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको दाबी गरेको छ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी विद्रोहीका लडाकु तथा सैन्य क्षमतालाई लक्षित गरी कारबाही गरिएको जानकारी दिएका हुन् ।

हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबीच जुलाईमा पुनः चर्किएको द्वन्द्व त्यसयता साउदी अरबसम्म फैलिएको छ ।

हुथी विद्रोहीको अल–मसिराह टेलिभिजन च्यानलले उत्तरपश्चिमी यमनको सादा प्रान्तका विभिन्न क्षेत्रमा साउदी क्षेप्यास्त्रबाट आक्रमण भएको जनाएको छ ।

लालसागरको तटीय क्षेत्रको ठूलो भूभाग नियन्त्रणमा राख्दै आएका हुथी विद्रोहीले साउदी अरबका यातायात केन्द्र, तेलसम्बन्धी पूर्वाधार तथा अन्य नागरिक संरचनालाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गर्दै आएका छन् ।

साउदी अधिकारीका अनुसार बिहीबार रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । हुथी विद्रोहीले पनि सोही दिन विमानस्थलमा आक्रमण गरेको दाबी गरेका थिए ।

यसैबीच, हुथी सञ्चारमाध्यमका अनुसार हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित विमानस्थलमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

विश्वव्यापी जल यातायातका लागि महत्त्वपूर्ण मानिने बाब अल–मान्दब जलसन्धि आसपासका क्षेत्र पुनः नियन्त्रणमा लिने प्रयासमा साउदी नेतृत्वको गठबन्धन र यमनी सरकारी सेना जुटिरहेका छन् । तर, हुथी विद्रोहीको सैन्य प्रगति रोक्न र उनीहरूको नियन्त्रणमा रहेका क्षेत्र फिर्ता लिन सरकारी पक्षलाई कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ४ : ५२ बजे

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा