सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार बिहान ८ः१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनको उपचारकै क्रममा बिहान ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजारका ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया