रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने गरी दुवै निर्वाचन सन् २०२७ सेप्टेम्बर ११ सम्मका लागि स्थगित गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको जानकारीअनुसार, यसअघि आगामी नोभेम्बर २८ मा हुने तय भएको संसदीय निर्वाचन स्थगित गरिएको हो । राष्ट्रपतीय निर्वाचन भने सन् २०२७ को सुरुतिर हुने अपेक्षा गरिएको थियो ।
प्यालेस्टिनी सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयका स्रोतलाई उद्धृत गर्दै अब्बासले राष्ट्रपतीय आदेश जारी गरी दुवै निर्वाचन सन् २०२७ सेप्टेम्बर ११ मा एकैसाथ गर्ने घोषणा गरेको जनाएका छन् ।
राष्ट्रपतिको कार्यालयले वाफा समाचार एजेन्सीमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा पनि शनिबार जारी आदेशबाट दुवै निर्वाचनको नयाँ मिति तय गरिएको उल्लेख छ ।
प्यालेस्टिनी क्षेत्रमा संसदीय निर्वाचन गराउन अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि जोड दिँदै आएको छ ।














प्रतिक्रिया