दाङका १६१ खाद्य व्यवसायमा अनुगमन « Khabarhub

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले एक वर्षमा १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा सोही बराबरका व्यवसायको अनुगमन गरिएको हो ।

जसमध्ये कार्यालयका खाद्य निरीक्षक मात्र संलग्न रहेका ८८ वटा एकल अनुगमन र विभिन्न नियमनकारी निकायका प्रतिनिधिसहितका ७३ वटा संयुक्त अनुगमन गरिएको सूचना अधिकारी सुदर्शन गोसाइँले जानकारी दिए । जसमा ९५ पटक खाद्यबजार तथा पसल, १७६ वटा खाद्य उद्योग, ७१ पटक होटल, रेस्टुरेन्ट तथा खाजाघर, ४० पटक दूध, तेल र प्रशोधित पिउने पानीजस्ता संवेदनशील उद्योगको अनुगमन गरिएको थियो ।

त्यस्तै, नौ पटक हाटबजार तथा मेलामहोत्सव, नौ पटक क्यान्टिन, तीन पटक पोषण पूरक बिक्री पसल र उजुरी तथा गुनासो आएपछि १२ पटक आकस्मिक अनुगमन गरिएको थियो । नियमनका साथै खाद्य व्यवसायीको क्षमता अभिवृद्धि र उपभोक्ता स्वास्थ्य सुरक्षाका लागि कार्यालयले विभिन्न सचेतनामूलक तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गर्ने निर्देशिका, २०७४ बमोजिम लमही, राप्ती, तुलसीपुर र घोराही क्षेत्रका कुल ५१ वटा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरी लोगो वितरण गरिएको छ ।

त्यसैगरी, लमहीमा ५१ जना र घोराहीमा ६५ जना होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई स्वच्छता तालिम प्रदान गरिएको थियो । सर्वसाधारणले बढी उपभोग गर्ने स्ट्रिट फुडलाई स्वच्छ बनाउन हापुरे बजारमा ४६ जना, गढवा बजारमा ५१ जना, रोल्पाको होलेरी बजारमा ४१ जना र तुलसीपुर बजारमा ५६ जना गरी २०० भन्दाबढी स्ट्रिट फुड तथा फास्टफुड व्यवसायीलाई स्थानीय तहको समन्वयमा खाद्य स्वच्छता, सरसफाइ र कानुनी प्रावधानबारे प्रशिक्षित गराइएको छ ।

कार्यालयले विद्यालय तथा समुदायस्तरमा पुगेर खाद्य स्वच्छता र पोषणसम्बन्धी सचेतना फैलाउने कार्यलाई पनि प्राथमिकता दिएको छ । कार्यालयको दाङसहित प्युठान, रोल्पा र रुकुमपूर्व कार्यक्षेत्र रहेका छन् । कार्यालयले नयाँ कार्यान्वयनमा आएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ ।

साढे चार लाख बराबरका सामग्री नष्ट
कार्यालयले एक वर्षमा साढे चार लाख बढीको अखाद्य सामग्री जफत गरी नष्ट गरेको छ । कार्यालयका सूचना अधिकारी गोसाइँका अनुसार गएको आर्थिक वर्ष २०८२र८३ मा अनुगमनका क्रममा म्याद गुज्रिएका, फोहर र अखाद्य अवस्थामा भेटिएका कुल चार लाख ५६ हजार ३६८ बराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको हो ।

जसमा खाद्यान्न तथा दलहनजन्य सामग्री तीन लाख ३८ हजार ३७८ रूपैयाँ, दुग्धजन्य पदार्थ ३७ हजार रूपैयाँ, फलफूल तथा सागपात ३२ हजार ४१० रूपैयाँ, तेल तथा घ्युजन्य वस्तु ११ हजार ६५० रूपैयाँ बराबर नष्ट गरिएको हो । त्यस्तै, कन्फेक्सनरी, मसला, प्रशोधित पानीलगायत अन्य खाद्य सामग्रीसमेत नष्ट गर्दा उक्त रकम बराबरको नष्ट भएको सूचना अधिकारी गोसाइँले बताए ।

खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयनका लागि बजारबाट नमुना सङ्कलन गरी प्रयोगशालामा पठाइएको थियो । उनका अनुसार अनुगमन गर्दा विभिन्न १३९ वटा खाद्य पदार्थका नमुनासमेत सङ्कलन गरिएको थियो । ती नमुनामध्ये प्रयोगशालामा परीक्षण गर्दा १० वटा नमुना तोकिएको मापदण्डविपरीत रहेको पाइएको थियो ।

खाद्य उद्योग तथा बजारमा खाद्य स्वच्छताको अवस्था अध्ययन गर्न सङ्कलन गरिएका ८१ वटा सर्भिलेन्स नमुनाको परीक्षण गर्दा सबै मापदण्डअनुसार नै रहेको पाइएको थियो ।

खाद्यका १३ वटा मुद्दा अदालतमा
प्रतिकूल नतिजा आएका नमुना, मुचुल्का तथा अन्य कार्यालयबाट थप अनुसन्धानका लागि प्राप्त नमुना गरी कुल १३ वटा मुद्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अदालतमा दायर गरिएको छ ।

यसरी अदालतमा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न तथा दलहनजन्य पदार्थ, प्रशोधित पिउने पानी, मसला, गुलियो पदार्थ, गुलियो परिकार, चुक तथा अनुसन्धानका लागि प्राप्त मह र बिस्कुट रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १० : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार