एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै « Khabarhub

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।

आजको खेल दुवै टोलीलाई आगामी यात्राका लागि निकै महत्वपूर्ण रहेको छ । प्ले अफको सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नै पर्ने दबाब छ भने सुदूरपश्चिम प्ले अफलाई थप सहज बनाउन चाहन्छ ।

जारी लिगमा ५ खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदा समान खेल खेलेको जनकापुर ४ अंकका साथ पाँचौँ स्थानमा छ ।

यसअघिका एनपीएल संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन र जनकपुरले एक खेलमा जित निकालेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : १४ बजे

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

दाङ- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज

नेपाल संवत् मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सम्वत नेपाली सभ्यताको मौलिकता,