काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि « Khabarhub

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३–८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८२–८३ को असोजमा भने २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ ।

काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।

पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : ४१ बजे

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

दाङ- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज

नेपाल संवत् मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सम्वत नेपाली सभ्यताको मौलिकता,