बालकको मृत्युपछि पर्सामा पटाका ओसारपसार र बिक्रीमा कडाइ « Khabarhub

बालकको मृत्युपछि पर्सामा पटाका ओसारपसार र बिक्रीमा कडाइ


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न थालेपछि पर्सा प्रहरीले पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा कडाइ गरेको छ ।

पटाका पड्काउने क्रममा निस्किएको छर्रा लागेर पाँच वर्षीय बालकको मृत्यु भएपछि प्रहरीले नियन्त्रण तथा निगरानीलाई थप प्रभावकारी बनाएको हो ।

गत सोमबार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय कुन्दन सहनीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न विशेष गस्ती तथा निगरानी बढाइएको जानकारी दिए ।

उनका अनुसार चाडपर्वका बेला ग्रामीण बस्ती र बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था रहेकाले प्रहरी प्रशासनले नियन्त्रणका लागि सक्रियता बढाएको छ । प्रहरीले सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी गरिरहेको छ ।

प्रहरीले यसअघि पनि चाडपर्वका समयमा पटाका तथा विस्फोटकजन्य सामग्री प्रयोग नगर्न सर्वसाधारणलाई पटक–पटक आग्रह गर्दै आएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ११ : ५४ बजे

रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्र साउदीको हवाई प्रतिरक्षा प्रणालीले गर्‍यो नष्ट

रियाद – साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र

बालकको मृत्युपछि पर्सामा पटाका ओसारपसार र बिक्रीमा कडाइ

वीरगञ्ज- तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत

मौलिक संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : गृहमन्त्री गुरुङ

ललितपुर – गृहमन्त्री सुधन गुरुङले आधुनिकीकरण र पश्चिमी संस्कृतिको प्रभाव

इरानसँगको युद्ध सैन्य रूपमा सकिएको ट्रम्पको दाबी, आवश्यक परे आक्रमण गर्ने चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा