टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई « Khabarhub

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेटिएकोमा बधाई दिएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि गरेको पहल र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा पुर्‍याएको योगदानको सम्मानस्वरूप वाग्ले सूचीमा परेको उल्लेख गरेको छ ।

रास्वपाका अनुसार रसुवा–भोटेकोशी बाढीपछि विपद्पछिको आवश्यकता आकलन, जलवायुजन्य विपद्बाट प्रभावित मुलुकका पक्षमा तथ्यमा आधारित पैरवी तथा नेपाललाई संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी हानि तथा नोक्सानी कोषबाट रकम प्राप्त गर्ने पहिलो देश बनाउन गरिएको पहलमा वाग्लेको भूमिका उल्लेखनीय रहेको छ ।

त्यस्तै, विपद्पछि प्रभावित नागरिकका लागि अर्बौँ रुपैयाँ बराबरको सहायता परिचालन गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीको दाबी छ ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान असर भोगिरहेको उल्लेख गर्दै रास्वपाले हिमाली तथा पर्वतीय क्षेत्रका जोखिम र प्रभावित समुदायका समस्या अन्तर्राष्ट्रिय मञ्चमा उठाउन वाग्लेले गरेको पैरवी महत्वपूर्ण रहेको जनाएको छ ।

पार्टीले वाग्लेको यो उपलब्धिलाई उनको व्यक्तिगत प्रयासको सम्मानका साथै नेपालजस्ता जलवायु सङ्कटबाट प्रभावित मुलुकको सरोकारप्रति विश्वको ध्यानाकर्षणका रूपमा व्याख्या गरेको छ ।

रास्वपाले यस उपलब्धिले नेपालको जलवायु कूटनीति र जलवायु न्यायका लागि थप जिम्मेवारी र अवसर सिर्जना गरेको उल्लेख गर्दै वाग्लेलाई आगामी दिनमा पनि राष्ट्रिय हितका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  २ : २३ बजे

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर