दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन « Khabarhub

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन । हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएको थियो । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ ।

सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।

सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान थियो । सडक निर्माणको जिम्मा वल्डवाइड/लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए । विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ४ : ३३ बजे

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ- दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

धनकुटा- छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति

नारायणगढ–मुग्लिङ सडकमा जाम (तस्बिरहरू) 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक

पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय

पटका बरामद

वीरगन्ज (पर्सा)- प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन