महिला यु–१९ टोलीको घोषणा « Khabarhub

महिला यु–१९ टोलीको घोषणा


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन् ।

नेपाली टोलीले आउँदो वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारत भ्रमण गर्न लागेको हो । विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले हालै चीन भ्रमण पनि गरेको थियो । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ५ : ०७ बजे

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ)- राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको

महिला यु–१९ टोलीको घोषणा

काठमाडौँ- भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको

जनकपुरविरुद्ध टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ- दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

धनकुटा- छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति