नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ? « Khabarhub

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डारीलाई लिएर ‘कुमारी’ निर्देशन गरेका दिनेश राउत फिल्म प्रचारमा व्यस्त छन् ।

उनले बिहीबार माघ २३ बाट प्रदर्शनमा आउने फिल्म प्रचारका लागि देशव्यापी सांगीतिक टुरको घोषणा गरे । डेब्यू नायक भएकाले अविषेकलाई नै ब्रान्डिङ गरेर फिल्म प्रचार गर्नुपर्नेमा राउतले बढी गायक केहरसिंह लिम्बू र गीतलाई महत्त्व दिइरहेको देखिन्छ ।

फिल्मका प्रचार कार्यक्रममा पनि गीत र गायकलाई नै केन्द्रमा राखेको देखिन्छ । यतिसम्मकी राउतले भदौ १३ मा केहरको टुँडिखेलमा भएको कन्सर्टमा फिल्म निर्माणको घोषणा गरेका थिए ।

त्यसयता फिल्मका कार्यक्रमहरूमा पनि गीतलाई उनले प्राथमिकातामा राखेको पाइन्छ ।

उनले फिल्म प्रचारमा पनि केहरलाई अगाडि सारेका छन् । जबकी उनी चर्चित गायक होइनन् । पाश्र्व गायनमा उनले ‘कुमारी’बाटै डेब्यू गरेका हुन् । यसले प्रचारमा केहरको प्रयोगलाई राउतले गायकलाई ब्रान्डिङ गरेकै सन्देश जान्छ ।

नायकलाई ब्रान्डिङ नगरी किन राउत गायक केन्द्रित बनेका होलान् ? यो प्रश्नको जवाफ खबरहबले उनलाई मागेको छ ।

प्रेम कथामा बनेको फिल्म भएको र यस गीतले फिल्मको कथा अगाडि बढाउन विशेष स्थान राख्ने भएकाले गायकलाई ब्रान्डिङ गरिएको जस्तो मात्रै देखिएको उनले प्रष्ट्याए।

उनले भने, ‘सबै फिल्मका गीतको महत्त्व हुन्छ । गीतबाट पनि कथा भन्न सकिन्छ । हाम्रो फिल्ममा गीतबाटै कथा अगाडि बढेकाले गीतलाई महत्त्व दिइएका हो । नायकको ब्रान्डिङ गर्ने पक्षलाई ध्यान नदिएको होइन ।’

कन्सर्टमा नायक पनि सहभागी हुन भएको उनको पनि ब्रान्डिङ हुने दिनेश बताउँछन् । अविषेकले फिल्ममा उत्कृष्ट अभिनय गरेकाले प्रदर्शनपछि चर्चा पाउने सम्भावना पनि बलियो रहेको दिनेशको बुझाइ छ ।

आफ्ना अघिल्ला फिल्मका गीतहरूको कभर गाउँदा नै केहरको कलाले आफू प्रभावित भएको दिनेशले खुलाए ।

उनले भने, ‘पहिलो मेरा अघिल्ला फिल्मका गीतको कभर तयार गर्दा नै म प्रभावित थिएँ । अहिले हामीले एकै फिल्ममा सहकार्य गरेको छौँ । मैले सम्भावना देखेको ट्यालेन्ट हो केहर पनि । ऊ पनि चर्चाको योग्य नै कलाकार हो ।’

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ४३ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन