नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ? « Khabarhub

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डारीलाई लिएर ‘कुमारी’ निर्देशन गरेका दिनेश राउत फिल्म प्रचारमा व्यस्त छन् ।

उनले बिहीबार माघ २३ बाट प्रदर्शनमा आउने फिल्म प्रचारका लागि देशव्यापी सांगीतिक टुरको घोषणा गरे । डेब्यू नायक भएकाले अविषेकलाई नै ब्रान्डिङ गरेर फिल्म प्रचार गर्नुपर्नेमा राउतले बढी गायक केहरसिंह लिम्बू र गीतलाई महत्त्व दिइरहेको देखिन्छ ।

फिल्मका प्रचार कार्यक्रममा पनि गीत र गायकलाई नै केन्द्रमा राखेको देखिन्छ । यतिसम्मकी राउतले भदौ १३ मा केहरको टुँडिखेलमा भएको कन्सर्टमा फिल्म निर्माणको घोषणा गरेका थिए ।

त्यसयता फिल्मका कार्यक्रमहरूमा पनि गीतलाई उनले प्राथमिकातामा राखेको पाइन्छ ।

उनले फिल्म प्रचारमा पनि केहरलाई अगाडि सारेका छन् । जबकी उनी चर्चित गायक होइनन् । पाश्र्व गायनमा उनले ‘कुमारी’बाटै डेब्यू गरेका हुन् । यसले प्रचारमा केहरको प्रयोगलाई राउतले गायकलाई ब्रान्डिङ गरेकै सन्देश जान्छ ।

नायकलाई ब्रान्डिङ नगरी किन राउत गायक केन्द्रित बनेका होलान् ? यो प्रश्नको जवाफ खबरहबले उनलाई मागेको छ ।

प्रेम कथामा बनेको फिल्म भएको र यस गीतले फिल्मको कथा अगाडि बढाउन विशेष स्थान राख्ने भएकाले गायकलाई ब्रान्डिङ गरिएको जस्तो मात्रै देखिएको उनले प्रष्ट्याए।

उनले भने, ‘सबै फिल्मका गीतको महत्त्व हुन्छ । गीतबाट पनि कथा भन्न सकिन्छ । हाम्रो फिल्ममा गीतबाटै कथा अगाडि बढेकाले गीतलाई महत्त्व दिइएका हो । नायकको ब्रान्डिङ गर्ने पक्षलाई ध्यान नदिएको होइन ।’

कन्सर्टमा नायक पनि सहभागी हुन भएको उनको पनि ब्रान्डिङ हुने दिनेश बताउँछन् । अविषेकले फिल्ममा उत्कृष्ट अभिनय गरेकाले प्रदर्शनपछि चर्चा पाउने सम्भावना पनि बलियो रहेको दिनेशको बुझाइ छ ।

आफ्ना अघिल्ला फिल्मका गीतहरूको कभर गाउँदा नै केहरको कलाले आफू प्रभावित भएको दिनेशले खुलाए ।

उनले भने, ‘पहिलो मेरा अघिल्ला फिल्मका गीतको कभर तयार गर्दा नै म प्रभावित थिएँ । अहिले हामीले एकै फिल्ममा सहकार्य गरेको छौँ । मैले सम्भावना देखेको ट्यालेन्ट हो केहर पनि । ऊ पनि चर्चाको योग्य नै कलाकार हो ।’

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ४३ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक