कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन « Khabarhub

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।

केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पताल लगिएकाेमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिए ।

स्वर्गीय दाहालका श्रीमती र दुई छोरा छन् । श्रीमती सुधा दाहाल वीर अस्पतालमा उपचारको क्रममा रहेको बताइएको छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वीपी विचारका सच्चा अभियन्ता दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादकका साथै नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत थिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ०० बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २