माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने « Khabarhub

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी–२० च्याम्पियनसिप कप क्रिक्रेट’ हुने भएको छ ।

नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका बिजेताले पाँच लाख र उपबिजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए ।

प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उनले जानकारी दिए ।

यसैगरी नेपाली टोलीहरू भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन् ।

भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उनको भनाइ छ ।

भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लवले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ । प्रतियोगिता त्यही मैदानमा हुने भएको छ ।

खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरासमेत जोडेर प्रतियोगिताको नामकरण गरेका छन् ।

झापा क्रिक्रेट सङ्घका अध्यक्ष प्रवीण थापाले क्रिक्रेटका माध्यमबाट नेपालको पहिचान र प्रतिष्ठा विश्व मञ्चहरूमा उच्च भइरहेको धारणा व्यक्त गर्दै भद्रपुरमा आयोजना हुन लागेको क्रिक्रेट प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो योगदान पुर्‍याउने बताए ।

प्रतियोगितामा एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : १८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले