माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने « Khabarhub

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी–२० च्याम्पियनसिप कप क्रिक्रेट’ हुने भएको छ ।

नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका बिजेताले पाँच लाख र उपबिजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए ।

प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उनले जानकारी दिए ।

यसैगरी नेपाली टोलीहरू भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन् ।

भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उनको भनाइ छ ।

भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लवले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ । प्रतियोगिता त्यही मैदानमा हुने भएको छ ।

खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरासमेत जोडेर प्रतियोगिताको नामकरण गरेका छन् ।

झापा क्रिक्रेट सङ्घका अध्यक्ष प्रवीण थापाले क्रिक्रेटका माध्यमबाट नेपालको पहिचान र प्रतिष्ठा विश्व मञ्चहरूमा उच्च भइरहेको धारणा व्यक्त गर्दै भद्रपुरमा आयोजना हुन लागेको क्रिक्रेट प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो योगदान पुर्‍याउने बताए ।

प्रतियोगितामा एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : १८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर