होमनाथ दाहालको निधनमा कांग्रेसबाट शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झण्डा आधा झुकाइने « Khabarhub

होमनाथ दाहालको निधनमा कांग्रेसबाट शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झण्डा आधा झुकाइने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एव वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले ८४ वर्षीय दाहालको शुक्रबार काठमाडौंमा भएको निधनले पार्टीका लागि अपूरणीय क्षति भएको निष्कर्ष निकालेको छ ।

स्वर्गीय दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष थिए ।

लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताएका दाहाल २०५६ सालको आम निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

कांग्रेसले दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरेको छ। उनको निधनले पार्टीले एक अग्रज, अनुभवी र प्रतिबद्ध नेता गुमाएको केन्द्रीय कार्यसमितिको ठहर छ।

दाहालप्रति सम्मान प्रकट गर्दै कांग्रेसले शोक कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने छ। पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द गरिनेछ।

त्यसैगरी स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने र १३औं दिन ओखलढुंगा जिल्लामा शोक सभाको आयोजना गरिने निर्णय गरिएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १२ : ०० बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले