दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला « Khabarhub

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला बिक्री भएको छ। वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड बढी भित्रिएको हो ।

वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्यांकका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिए। 

वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए।

सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् ।

 ‘सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट दश करोड बढी आम्दानी भएको पाइयो’, उनले भने, ‘वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुने छ ।’

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो ।

आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा पन्ध्र हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए।

“यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ”, उनले भने, “ज्याला, ढुवानीसहित हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।”

भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष१५ लाख बढीको सुन्तला बिक्री गरेका छन् । उनले अहिले प्रतिकेजी रु ७० का दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन् । सोही वडाको लोलुङ्गाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष १५ लाख बढीको सुन्तला बिक्री गरेका छन् । यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुने क्रममा छन् ।

स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । 

स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष  २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १२ : ३६ बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २