प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्   « Khabarhub

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जाल लेखेको सन्देशमा सहयात्रीले कुलमानलाई आत्मकेन्द्रित अहंकार त्यागेर प्रतिबद्धतामा उभिन अनुरोध गर्दै भनेका छन् ।

यसो गर्दा उनलाई प्रधानमन्त्री बन्ने अवसर नेपाली कम्युनिष्ट पार्टी र प्रचण्डले नै दिने पनि उनले बताएका छन् ।

सन्देशमा नेपाली कम्युनिष्ट पार्टीलाई संघीयता, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रको पिता भनेको उल्लेख गर्दै, आफ्नो ‘सत्य पिता’ र पार्टीको मूल्य सम्झन कुलमानलाई भनेका छन्।

सहयात्रीले थप लेखेका छन्, ‘समय दुई दिन बाँकी छ – बत्तिको चिमले आफैं उज्यालो दिने होइन, विद्युत् उत्पादन गर्ने पावरहाउस नेपाली कम्युनिष्ट पार्टी हो।’

नेकपा माओवादी केन्द्रकै सरकारका पालामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक बनाइएको थियो । २०७९ को चुनावमा माओवादीले कुलमानको तस्बिर राखेर चुनाव प्रचार गरे पनि टिकट लिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ०९ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका