भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह « Khabarhub

भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो देश नबनेकोमा चिन्ता भएपनि आज भने देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको जनाएका हुन् ।

सन्देशमा उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन् ।

भाषण, जादू र चमत्कारले देश नबनेको र नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने जनाएका छन् । सबै जनताले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्ने उनले बताएका छन् ।

‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’ भिडियो सन्देशमा उनले भनेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : ११ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम