धनुषामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा झडप, १२ जना घाइते « Khabarhub

धनुषामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा झडप, १२ जना घाइते


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन् । जिल्लाको मिथिला नगरपालिका–२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए ।

स्थानीय प्रदर्शनकारीले आश्रमबाट निस्केको एम्बुलेन्समाथि तोडफोड गरेपछि सम्भावित दुर्घटना हुन नदिन र अवस्था नियन्त्रणमा लिन प्रहरीले छ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी प्रमुख कुँवरले बताए । यसैबीच, दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडकखण्डलाई प्रहरीको सक्रियतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ । उनका अनुसार विवाद उग्र बन्दा दुवै पक्षबीच ढुङ्गा हानाहानको स्थिति पैदा भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : २५ बजे

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा