विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । समूह ‘डी’ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले ५७ रनको जित निकालेको हो ।

टस जितेर क्यानडाले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा २१३ रन बनाएको थियो । २१४ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा मात्र १५६ रन बनाउन सक्यो ।

क्यानडाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान एडन मार्करमले अर्धशतक बनाए । उनले ३२ बलको सामना गर्दा आक्रामक ब्याटिङ गर्दै १० चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका हुन् । क्यानडाका लागि अंश पटेलले तीन विकेट लिएँ ।

२१४ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि नवनीत धालिवालले अर्धशतक बनाए । ४९ बल खेल्दा ७ चौका र एक छक्काको मद्दतमा उनले ६४ रन बनाएका हुन् । क्यानडालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले सर्वाधिक चार विकेट हात पारे ।

विश्वकपमा समूह डीबाट दक्षिण अफ्रिका र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन्।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : १६ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि