विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै « Khabarhub

विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार तीन खेल हुन लागेका हुन्। पहिलो खेलमा बिहान ११ बजेर १५ मिनेट जाँदा नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो। पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन्। यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन्। पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ भने पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले हराएको पाकिस्तान अर्को जितको खोजीमा छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ४८ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि