भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ? « Khabarhub

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट कोहीलको ग्रेड घटुवा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्वकप्तानद्वय रोहित र विराटनको ग्रेड घटुवा गरेर ए प्लसबाट सिधै ‘ग्रेड बी’मा झारेको हो।
बीसीसीआईले सोमबार खेलाडीको सेन्ट्रल कन्ट्याक्ट लिस्टबाट दुई पूर्व स्टार खेलाडीको ग्रेड घटुवा गरेको हो।

बीसीसीआईले यो सिजन ए प्लस ग्रेड नै खारेज गरेपछि रोहित र विराटको ग्रेडमा ठुलो घटुवा भएको हो। अघिल्लो वर्ष ए प्लसमा समेटिएका विराट, रोहितसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजामध्ये बुमराह र जडेजा ग्रेड एमा समेटिँदा रोहित र विराट ग्रेड बीमा पुगेका हुन्।

भारतको टेस्ट र एक दिवसीय टिमका कप्तान शुभमन गिल भने ग्रेड एमा नै समेटिएका छन्। रोहितको कप्तानी खोसेर गिललाई कप्तान बनाएपछि उनले सीमित खेल मात्र खेल्दै आएका छन्। रोहित र विराटले भारतका लागि अहिले एकदिवसीय क्रिकेट मात्र खेल्दै आएका छन्।

अघिल्लो सिजन टी–२० विश्वकपको उपाधि उचालेपछि दुवै खेलाडीले टी–२० बाट सन्यास लिएका हुन्। उनीहरु दुवै खेलाडी २०२४ देखि नै टेस्ट क्रिकेटबाट बिदा भएका हुन्। उनीहरुले यत्तिबेला सीमित खेल मात्र खेल्ने भएकाले ग्रेड एक्कैपटक घटुवा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नयाँ सम्झौना अनुसार बीसीसीआईले अब भारतको क्रिकेट खेलाडीलाई ग्रेड एबाट हटाएर ए, बी र सीमा मात्र विभाजन गरेको छ। बीसीसीआईका अनुसार अहिले पुरुषतर्फ ३० खेलाडी सम्झौतामा समेटिएका छन्। जसमध्ये तीन खेलाडी ग्रेड एमा समेटिँदा ११ खेलाडी ग्रेड बी र १७ खेलाडी ग्रेड सीमा छन्।
रमाइलो त के छ भने टी–२० कप्तान सूर्यकुमार यादवसमेत ग्रेड बीमा समेटिएका छन्। ग्रेड एबाट केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्डया, ऋषभ पन्त ग्रेड बीमा पुगेका छन्। ग्रेड परिवर्तन गरे पनि बीसीसीआईले तलब संरचना बारे केही खुलाएको छैन।

अघिल्लो सिजनमा भने ‘ए प्लस’ ग्रेडका खेलाडीले वार्षिक तलब सात, ‘ए’ले पाँच, बीले तीन र सीले एक करोड पाउने सम्झौता भएको थियो।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : १९ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा