भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ? « Khabarhub

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट कोहीलको ग्रेड घटुवा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्वकप्तानद्वय रोहित र विराटनको ग्रेड घटुवा गरेर ए प्लसबाट सिधै ‘ग्रेड बी’मा झारेको हो।
बीसीसीआईले सोमबार खेलाडीको सेन्ट्रल कन्ट्याक्ट लिस्टबाट दुई पूर्व स्टार खेलाडीको ग्रेड घटुवा गरेको हो।

बीसीसीआईले यो सिजन ए प्लस ग्रेड नै खारेज गरेपछि रोहित र विराटको ग्रेडमा ठुलो घटुवा भएको हो। अघिल्लो वर्ष ए प्लसमा समेटिएका विराट, रोहितसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजामध्ये बुमराह र जडेजा ग्रेड एमा समेटिँदा रोहित र विराट ग्रेड बीमा पुगेका हुन्।

भारतको टेस्ट र एक दिवसीय टिमका कप्तान शुभमन गिल भने ग्रेड एमा नै समेटिएका छन्। रोहितको कप्तानी खोसेर गिललाई कप्तान बनाएपछि उनले सीमित खेल मात्र खेल्दै आएका छन्। रोहित र विराटले भारतका लागि अहिले एकदिवसीय क्रिकेट मात्र खेल्दै आएका छन्।

अघिल्लो सिजन टी–२० विश्वकपको उपाधि उचालेपछि दुवै खेलाडीले टी–२० बाट सन्यास लिएका हुन्। उनीहरु दुवै खेलाडी २०२४ देखि नै टेस्ट क्रिकेटबाट बिदा भएका हुन्। उनीहरुले यत्तिबेला सीमित खेल मात्र खेल्ने भएकाले ग्रेड एक्कैपटक घटुवा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नयाँ सम्झौना अनुसार बीसीसीआईले अब भारतको क्रिकेट खेलाडीलाई ग्रेड एबाट हटाएर ए, बी र सीमा मात्र विभाजन गरेको छ। बीसीसीआईका अनुसार अहिले पुरुषतर्फ ३० खेलाडी सम्झौतामा समेटिएका छन्। जसमध्ये तीन खेलाडी ग्रेड एमा समेटिँदा ११ खेलाडी ग्रेड बी र १७ खेलाडी ग्रेड सीमा छन्।
रमाइलो त के छ भने टी–२० कप्तान सूर्यकुमार यादवसमेत ग्रेड बीमा समेटिएका छन्। ग्रेड एबाट केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्डया, ऋषभ पन्त ग्रेड बीमा पुगेका छन्। ग्रेड परिवर्तन गरे पनि बीसीसीआईले तलब संरचना बारे केही खुलाएको छैन।

अघिल्लो सिजनमा भने ‘ए प्लस’ ग्रेडका खेलाडीले वार्षिक तलब सात, ‘ए’ले पाँच, बीले तीन र सीले एक करोड पाउने सम्झौता भएको थियो।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : १९ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि